नेपाल सहित १३ राष्ट्रका कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने गरी दाङको घोराहीमा यहि फागुन १८ गते देखि अन्र्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव संन्चालन हुन गइरहेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुन थालेको उतm लोक सांस्कृतिक महोत्सवको तयारीलाई बनाइएको छ । कृषि सामाग्री संस्थानको प्राङ्गनमा हुन थालेको उतm लोक सांस्कृतिक महोत्सव ४ दिनसम्म चल्ने छ । यसै सन्दर्भमा महोत्सवको तयारीको विषयमा लोक सांस्कृतिक महोत्सवका उपसंयोजक तथा उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीसँग गरिएको छोटो कुराकानी
तपाईहरुले जिल्लामा अन्र्तराष्टियस्तको लोक सांस्कृतिक महोत्सव किन लगाउदै हुनुहुन्छ ?
यो हामीले लगाउन लागेको भन्दा पनि यो राष्ट्रिय लोक साँस्कृतिक अभियान हो र यो नेपालमा ३ शहरमा मात्र हुन लागेको छ काठमाण्डौं भ्याली भित्र, पोखरा र दाङ । यतिमा दाङले पाउनु पनि गौरवको कुरो हो र हामीले हाम्रो मौलिक कला,संस्कृति विश्व सामु प्रदर्शन गर्न पाउनु र हामीले पनि १२ देशको कला, संस्कृति आफ्नै शहरमा बसेर हेर्न पाउनु, यो सुनौलो अवसर हो र यहाँको आर्थिक चलायमान हुनु, पर्यटन प्रवद्र्धन हुनु अर्को सकारात्मक पक्ष हो ।
– सांस्कृतिक महोत्सवमा नेपालले दिने प्रस्तुति र विदेशी कलाकारहरुले दिने प्रस्तुति कस्तो रहन्छ त ?
नेपालीले आफ्नो मौलिक कला, संस्कृति भेषभुषा प्रदर्षण गर्ने छन र विदेशी कलाकारहरुले पनि आफ्नो देशको मौलिक कला,संस्कृतिहरु प्रदर्शन गर्ने छन ।
– जिल्लामा भर्खरै धेरै मेला, महोत्सवहरु लागेका छन,यो साँस्कृतिक महोत्सवलाई सफल पार्न यहाँहरुको तयारी कस्तो
रहेको छ त ?
यी लागेका महोत्सव र हामीले सन्चालन गर्न लागेको महोत्सवमा धेरै फरक छ । अहिले सम्पन्न भएका व्यापारिक महोत्सव हुन भने हाम्रो अन्र्तराष्टिय लोक सांस्कृतिक महोत्सव हो । यो हाम्रो मात्र नभएर समग्र दाङबासीको गौरवको महोत्सव हो । सबैको अपनत्व हुने गरि हामी सबै दाङ जिल्ला भरीका पालिका, संघ संस्था सबैलाई समेटेर अगाडि बढेका छौ र सबैसंग छलफल पनि गरिरहेका छौं ।
– अन्र्तराष्टियस्तरको यस सांस्कृतिक महोत्सवलाई सफल बनाउन जिल्लामा कसले कस्तो भूमिका खेल्नुपर्ने यहाँहरुलाई लाग्छ ?
यसमा हामी सबै लागि मिलेर यो कार्यक्रम सफल बनाउनतिर लाग्नुपर्छ । यो हामी सबैको गौरवको कार्यक्रम हो । त्यसैले हामी सबै दाङ बासीहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग तथा समन्वय गर्नुपर्ने हुन्छ ।
– महोत्सवको स्वरुप बारे पनि थोरै बताइदिनुहोस न ?
हाम्रो फाल्गुन १८ गते स्थानीय मौलिक झाँकी, जुलुस सहित विधिवत उद्घाटन हुने छ, दोश्रो दिन मौलिक कला, संस्कृति सहित राष्ट्रिय ख्याती प्राप्त कलाकार सहित कार्यक्रम तथा तेस्रो दिन पनि सो दोश्रो दिन जस्तै रहने छ भने चौथो दिन नेपाल सहित १३ देशका कलाकार सहित आफ्ना मौलिक कला संस्कृति प्रदर्शन सहित सोही दिन समापन हुने छ ।