नयाँ गठबन्धनको बैठक, आजै मन्त्रिपरिषद् गठन हुने

काठमाण्डौं २१ फागनु ः कांग्रेस र समाजवादी पार्टी सहितको गठबन्धन टुटेर एमाले सहितको नयाँ समीकरणको सरकार बन्न थालेको छ ।
पछिल्लो सहमति अनुसार एमाले, रास्वपा र जसपाबाट एक–एक, जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेकाछन । नयाँ मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी र रास्वपाको बैठक बसेको छ ।
नयाँ मन्त्रिमण्डलमा एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादीबाट बर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्दैछन ।