बाँके, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले बाँकेको कोहलपुरमा मिडिया सम्मेलन गदैं छ । फागुन २४ र २५ गते कोहलपुरको सहिद स्मृति भवनमा हुने मिडिया सम्मेलनमा १२ जिल्लाका संन्चारकर्मीहरु भेला हुने छन । शान्ति, समृद्धि स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता,श्रम अधिकार,समृद्धि र सुशासन जनपक्षीय पत्रकारिताका लागि हाम्रो अभियान भन्ने नाराका साथ हुने सम्मेलनलाई माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अग्नि सापकोटाले सम्बोधन गर्नु हुने भएको छ ।
२ दिनसम्म चल्ने मिडिया सम्मेलनमा लुम्बिनी प्रदेश भित्रको पत्रकारिताका विषयमा छलफल हुने प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विकले बताउनु भयो । मिडिया सम्मेलनमा आजको समाज र हाम्रो पत्रकारिताको दायित्वका विषयमा १२ जिल्लाबाट आएका प्रतिनीधि साथीहरु बीचमा छफफल र प्रशिक्षण चलाइने अध्यक्ष विकले बताउनु भयो । सम्मेलनमा प्रेस सेन्टरका संस्थापक नेताहरु देखि पत्रकारिता क्षेत्रका विषय विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको विकले बताउनु भयो ।
मिडिया सम्मेलनका लागि प्रेस सेन्टर बाँकेले व्यवस्थापनका लागि विभिन्न समितिहरु बनाई तयारी गरिरहेको प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले जानकारी दिनु भएको छ । सम्मेलनमा लुम्बिनी प्रदेशभरका जिल्लाबाट १५० बढि पत्रकारहरुको सहभागिता रहुने आयोजकले बताएको छ।