यतिबेला किसान रोपाइँको चटारोमा छन् । लगातार पानी परेपछि किसान धान रोपाइँमा व्यस्त भएका हुन् । लगातारको वर्षाले कतिपय स्थानमा भने बाढीकोसमेत जोखिम भइरहेको छ । कतिपय
राजमार्ग बाढीकै कारण अवरुद्ध भएका छन् । सडकमार्ग र केही बस्तीमा पहिरोले ठुलो क्षति पुरयाएको छ । लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गर्दै आएको छ।