शिक्षकहरु बीच शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्र्तक्रिया

तुल्सीपुर, शिक्षकहरु बीच शैक्षिक गुणस्तर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितिको आयोजनामा तुल्सीपुर, शान्तिनगर, बबई र दंगीशरणका शिक्षक संगठनहरु बीच शनिबार संयुतm रुपमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष निम बहादुर के.सी.को प्रमुख आतिथ्यता र संगठनका केन्द्रिय अर्थ उप–महासचिव गणेश प्रसाद रिजालको विशिष्ट आतिथ्यता रहेको सो अन्र्तक्रिया कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष झक्कु प्रसाद केसी, जिल्ला पदाधिकारीहरु, स्थानीय पालिकाका अध्यक्षहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानअध्यापक,शिक्षकहरु,वडा अध्यक्षहरु, पार्टीका नेताहरु लगायतको उपस्थिति सो अन्र्तक्रिया कार्यक्रमा रहेको थियो ।
अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि निम बहादुर केसीले विद्यालयमा शिक्षाको गुणस्तर अभिबृद्धि गर्न शिक्षक,विद्यालय व्यवस्थापन समिति,स्थानीय सरकार र समग्रमा राज्य प्रणाली नै गुणस्तरिय हुनुपर्ने बताउनु भएको थियो ।
संगठनका दंगीशरण पालिकाका अध्यक्ष क्रिमलाल चौधरीको अध्यक्षतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सदस्य अमर बहादुर डाँगीले गर्नु भएको थियो ।
संगठनले यहि भाद्र ८ गते देउखुरीको राप्ती, गढवा, राजपुर र लमही नगरपालिकामा र भाद्र १५ गते घोराही र बंंगलाचुली गाउँपालिकामा संयुतm रुपमा अन्र्तक्रिया गर्ने निर्णय गरेको छ