पूर्ण सरसफाईका लागि डस्टवीन वितरण

सुनछहरी गाउँपालिकालाई पूर्ण सरसफाई युक्त बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम गरिरहेको छ । गाउँपालिका अन्तरगतका ७ वटै वडालाई तत्काल पूर्ण सरसफाई युक्त बनाउन विभिन्न योजना निर्माण भएका छन् । गाउँपालिकाले पूर्ण सरसफाइ सम्बन्धी कार्यविधि नै तयार गरि विभिन्न कार्यक्रम गरिरहेको छ ।

यसैक्रममा आज सुनछहरी गाउँपालिका वडा नं. ६ फगामले यसै कार्यक्रम अन्तरगत फाेहाेर राख्ने भाडाे(डस्ट वीन) वितरण गरेकाे छ । वडा लाई पूर्ण सरसफाई युक्त बनाउने अभियान अन्तरगत डस्टविन बितरण गरिएकाे हाे । क्रमिक रुपमा वितरण गरिरहेको वडाले आज साविकको वडा न‌ं. ७ लाई डस्टवीन वितरण गरिएको वडा अध्यक्ष अमरजित पुनमगरले बताउनु भयाे । सरसफाई युक्त बनाउन सरसफाईका केहि सुचकहरु पुरा भइ सकेकाे र त्यसै सुचक अन्तरगत डस्टविन वितरण गरिएकाे अध्यक्ष पुनमगरले बताउनु भयाे ।

यस आर्थिक वर्षमा करिब ८० घर परिवारलाई वितरण गरिने कार्यक्रम रहेकाे बताइएकाे छ । अघिल्ला आर्थीक वर्षमा साविकका २ वटा वडामा वितरण भइ सेकका छन् ।