सामुदायिक वन औषधालय बन्दै

तुलसीपुर,२४ साउन । तुलसीपुर उपमहानगरपालिका– ८ मा रहेको महालक्ष्मी सामुदायिक वन स्थानीयका बासिन्दाका लागि औषधालय बन्दै गएको छ । विभिन्न प्रकारका जडिबुटी पाइने उतm वनबाट स्थानीय बासिन्दाले घरेलु औषधि उपचार गर्ने गरेका छन । वनका अध्यक्ष डिल्ली भण्डारीले जानकारी दिए ।

उतm महालक्ष्मी सामुदायिक वनमा मौवा, हर्रो,बर्रो, कुरिलो, चिनी लरो, तिमिया, बादलपाते, निम पाते, लगायतका धेरै जडिबुटी पाइने गरेको अध्यक्ष भण्डारीले बताए । वनमा सयौं किसिमका जडिबुटी पाइन्छन । तर, स्थानीयलाई भने त्यहाँ पाइने सबैखाले जडिबुटीको बारेमा जानकारी छैन । उनीहरू आफूलाई जति ज्ञान छ त्यति नै जडिबुटीको प्रयोग गर्दै तिनलाई घरेलु औषधिमुलोका लागि प्रयोग गर्दै आएको अध्यक्ष भण्डारीको भनाई छ ।

ती जडिजुटीको संरक्षण र प्रयोग भने राम्रोसँग हुन सकेको छैन । यदि वनमा रहेका जडिबुटी पहिचान गरी आम्दानीको स्रोत बनाउन सकियोे भने स्थानीयका घरघरमा समृद्धि आउने छ । सबै आर्थिक रूपमा आत्मनिर्भर बन्नेछन । यसमा सबै सरोकारवालाले ध्यान दिन आवश्यक छ ।