माओवादीले टुंगो लगायो पदाधिकारी, महासचिवमा देव गुरुङ

महाधिवेशन भएको लामो समयपछि माओवादी केन्द्रले पदाधिकारी चयन प्रकृया टुङग्याएको छ । आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गरेपछि उतm नाम सर्वसम्मत रुपमा पारित भएको हो । माओवादीले यस अघि पोलिटव्युरोको टुंगो लगाइसकेको छ ।

२१ पदाधिकारी रहेको माओवादी केन्द्रमा बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा र महा–सचिवमा देव गुरुङ चयन भएकाछन । त्यस्तै उप–महासचिवमा गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव चयन भएकाछन ।

त्यस्तै सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की चयन भएकाछन भने कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएकाछन ।