बढी स्मार्टफोन प्रयोग गर्दा लाग्न सक्छ यी गम्भीर रोग

स्मार्टफोन धेरै प्रयोग गर्नुहुन्छ भने होसियार हुनुहोस् । किनभने तीन घण्टाभन्दा बढी समयसम्म स्मार्टफोन प्रयोग गर्दा धेरै रोगको जोखिम हुन्छ । ब्राजिलमा गरिएको एक अनुसन्धानमा यो कुरा पत्ता लागेको हो । स्मार्टफोन वा कम्प्युटरको अत्याधिक प्रयोगलाई कहिल्यै सही मानिँदैन। यति मात्र होइन, सीमाभन्दा बढी स्क्रिनको प्रयोग जुनसुकै उमेरका मानिसका लागि हानिकारक हुन्छ ।
कोरोना महामारी पछि डिजिटल प्रविधिमा ठूलो परिवर्तन आएको छ र हामी सबै आफ्नो स्मार्टफोन,कम्प्युटर वा अन्य उपकरणहरूमा बढी निर्भर भएका छौँ। स्कुल होस् वा अफिसको काम, तीमध्ये धेरैजसो स्मार्ट उपकरणको प्रयोगमा केन्द्रित छन्। जसको नराम्रो असर हामी सबैमा परेको छ ।
ब्राजिलमा भएको एक अनुसन्धानले स्मार्टफोनको अत्याधिक प्रयोगले हामीलाई धेरै रोगको सिकार हुने देखाएको छ । स्क्रिनको सम्पर्कमा रहँदा, हामी खराब मुद्रामा बस्छौँ,जसका कारण तीव्र ढाड दुखाइ लगायत अन्य धेरै स्वास्थ्य समस्याहरूको जोखिम बढेको छ।
अनुसन्धानकर्ताहरूले तीन घण्टाभन्दा बढी समयसम्म स्मार्टफोन प्रयोग गर्ने मानिसलाई मेरुदण्डको समस्याको सामना गर्नुपर्ने पत्ता लगाएछन । जसमा पेट भरेर बस्ने वा सुत्ने र हरेक दिन तीन घण्टाभन्दा बढी समयसम्म स्क्रिन प्रयोग गर्ने समावेश छ।