स्वस्थ जीवनशैलीका लागि गुणस्तरीय निन्द्रा आवश्यक

कमला गुरुङ
निद्रा स्वस्थ जीवनशैलीका लागि अपरिहार्य मानिन्छ । वयस्क व्यक्तिका लागि दैनिक कम्तिमा ७ घण्टा सुत्नुपर्ने चिकित्सकहरु बताउँछन ।
अपुरो निद्राले दैनिकीमा मात्र प्रभाव पार्दैन। यसले स्वास्थ्यमा पनि विभिन्न समस्याहरु निम्त्याउँछ। निद्रा किन जरुरी छ ? गुणस्तरीय निद्रा भनेको के हो? लगायत विषयमा हामीले छाति रोग तथा निद्रा विकार विशेषज्ञ डा. राजु पंगेनीसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
निद्रा किन आवश्यक छ ?
– स्वस्थ जीवनका लागि निद्रा अपरिहार्य कुरा हो।
– शरीरलाई उर्जा दिन, वृद्धि र विकासका लागि पनि निद्रा आवश्यक छ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि निद्रा पुग्नुपर्छ।

स्वस्थ जीवनका लागि कति घण्टाको निद्रा आवश्यक छ ?
– निद्रा व्यक्तिको उमेर अनुसार फरक हुन्छ ।
– ५ देखि १८ वर्ष मुनिको बालबालिकालाई ९ घण्टा र वयस्कलाई कम्तीमा ७ घण्टाको निद्रा आवश्यक पर्छ।
– निदाएर बिहान उठ्दा शरीरले ताजगीपन महसुस गर्नुपर्छ।
– निद्राको मात्रासँग निद्राको गुणस्तरमा पनि विचार गर्नुपर्छ।
– राति घुर्ने, श्वास रोकिने समस्या भएका व्यक्तिको निद्रा गुणस्तर हुँदैन।
– गहिरो निद्रा परेन भने जति लामो निद्रा भएपनि गुणस्तरको निद्रा हुँदैन।
– निद्राको पनि विभिन्न चरणहरु हुन्छन्, ती चरणहरु पुरा हुनुपर्छ।
– तनाव भएको बेला वा कुनै शारीरिक समस्याका कारण पनि गहिरो निद्रा पर्दैन।
– निद्राको गहिराई र निरन्तरता यी तीन वटै कुरा पुग्यो भने राम्रोसँग निदाएको भन्छौ।

निद्राको चरणहरु भन्नाले कति र कस्ता हुन्छन् ?
– मानिसको टाउको पछाडी पिनियल ग्लाण्ड हुन्छ। यसले मेलाटोनी हर्मोन निकाल्छ।
– मेलाटोनी हर्मोनको असरले गर्दा साँझ पर्दै गएपछि विस्तारै निद्रा लाग्दै जान्छ।
– निद्रा लागेर झुल्ने पहिलो चरण हो।
– निद्राको दोस्रो चरणमा आँखा र मुटुको चालहरु घट्दै जान्छ। श्वासप्रश्वासको गति पनि कम हुँदै जान्छ।
– तेस्रो चरणमा निद्रा अत्यन्तै गहिरो हुन्छ। यसमा शरीरका सबै अंगहरुले आराम पाउँछन्।
– चौथो चरणमा सपना देख्ने हुन्छ। मस्तिष्क सक्रिय हुन्छ तर शरीरका मासंपेशीहरु चल्न सक्दैन।
– यी चार वटा चरणहरु पुरा गरेपछि मात्र निद्रा पुगेको हुन्छ।

निद्रा र सपनाको सम्बन्ध के छ ?
– सपनाको बारेमा अझै पनि वैज्ञानिक पुष्टि हुन बाँकी छ।
– दिनभर गरिएका क्रियाकलापहरुको आधारमा पनि सपना देख्ने गर्छ।
– एकदमै गहिरो निद्रा परेको बेला प¥यो भने सपना पनि देखेको अनुभव नहुन सक्छ।
– किन सपन देख्छ, यसले दिने अर्थ लगायतको विषय अध्ययनको पाटो हो।

निद्रा नपुग्दा स्वास्थ्यमा देखा पर्ने समस्याहरु के के छन् ?
– अपुरो निद्राले देख्ने शक्तिमा असर गर्छ।
– निद्रा नपुग्दा सवारी साधन चलाउन समस्या हुन्छ। दुर्घटना हुने संभावना हुन्छ।
– अपुरो निद्राले रक्तचाप, मधुमेह, मुटु रोग जस्ता दीर्घरोग निम्त्याउन सक्छ।
– मानसिक समस्या निम्तने, चिढचिढाहट हुने जस्ता समस्या पनि हुन्छ।

गुणस्तरीय निद्राका लागि सुत्न जानुअघि के कुरामा ध्यान दिनुपर्छ ?
– अहिले निद्राको अवधि दुई घण्टा बढीले घटेको देखिन्छ।
– मोबाइल, ल्याटपट लगायत प्रविधिको प्रयोग र व्यस्त जीवनशैलीका कारण निद्राको अवधि घट्दै गएको छ।
– निद्राको अवधि पु¥याउन समयमै सुत्नुपर्छ।
– सुत्न जानु अघि करिब १ घण्टा अघि मोबाइल, ल्यापटपको प्रयोग नगर्ने।
– सुत्न जानुअघि कडा खालको व्यायाम नगर्ने, धेरै चिल्लो र पिरो खाना नखाने।
– ब्युझने बेलामा नभई सुत्ने बेलामा समयको लागि अलराम राख्नुपर्छ।
– सुत्ने कोठामा तापक्रम र उज्यालोको पनि ख्याल गर्नुपर्छ।
– निद्राका लागि मादक पदार्थका प्रयोग गर्ने र औषधि खाने गर्नु हुँदैन।