ग्यास्ट्राइटिस हुनेले ध्यान दिनुपर्ने कुराहरू

– बिहान उठ्नेबित्तिकै खाली पेटमा ३–४ गिलास (करिब १ लिटर) मनतातो पानी पिउने। त्यसपछि मात्र दिसापिसाब गर्ने।
– बिहान एक घन्टा शरीरका सम्पूर्ण जोर्नीहरू सञ्चालन हुने योग व्यायाम, मर्निङ–वाक तथा अन्य व्यायाम अनिवार्य गर्ने।
९–१० बजे खाना खाने हो भने नास्ता नलिने । यदि ढिला ११–१२ बज्छ भने मात्र लिने। नास्तामा ताजा फलफूल वा तरकारीका सुप लिन सकिन्छ ।
– बिहानको ९–१० बजे खाना खाने। हरेक खानासँग प्रशस्त हरिया सागसब्जी र अन्तमा सलाद गाजर, स्याउ आदि लिने। राम्ररी चपाएर खाने।
– दिउँसो खाजा २–३ बजे खाने। खाजामा हलुका ताजा तरकारीका सुप वा जाउलो वा फल लिने।
– बेलुकी खाना ७–८ बजेभित्र, सुत्नुभन्दा २–३ घन्टा अगाडि नै खाइसक्ने। ध्यान रहोस्,दिउँसो टन्न खाजा खाएको छ भने बेलुकी हल्का मात्र खाने। बेलुकी भारी खानाहरू माछा, मासु, अन्डा, गेडागुडी आदि नलिने।
– खाना खानेबित्तिकै ५ देखि १० मिनेट बज्रासनमा बस्ने। यसले पाचनमा सहयोग पु¥याउँछ ।
– दुई खानाको अन्तर कम्तीमा ४–५ घण्टाको राख्ने। बीचमा पानीबाहेक केही पनि कुचुकुचु नखाने।
– प्रतिघन्टा एक–एक गिलास पानी खाने। खाना, खाजा, ठोस आहारसँग पानी नलिने । कम्तीमा तीस मिनेटदेखि एक घन्टाको अन्तर राख्ने । बेलुकी एक गिलास मनतातो पानी पिएर सुत्ने ।
– बेलुकी समयमै करिब १० बजे सुत्ने, ६–७ घन्टा आनन्दले निदाउने । बिहान सूर्य उदाउनु अगाडि उठ्ने ।
– मन सधैं ठेगानमा राख्ने, नरिसाउने,चिन्ता नलिने !