चरी
पारी क्षितिजमा
लालकिरण छाउनै लाग्दा
बादलको कालो रापले ढपक्कै ढाक्दा
तिम्रो मन कति खिन्न हुन्छ है ?
जब तिमि मुस्कुराउन थाल्छौ
तिमिमा जव उमंग आउन थाल्छ
सन्नाताले छोप्न तछाड मछाड गरिरहेका हुन्छन् ।
तर पनि
तर पनि चरी, तिमि मुस्कुराउन छोडेका छैनौ ।
तिम्रो उत्साह बिसको उन्नाईस भाको छैन ।
तिमि माथी बज्रपातहरु बर्षाउन खोजे पनि
तिम्रो पखेटाहरु चट् चटी काट्न खोजे पनि
तिम्रो पिडा कहिल्यै देखिएन
साच्ची चरी तिमि कति महान छौ है ?
मायाको तिम्रो न्यानो काख कहिल्यै न्यास्रो भएन ।
कति मिठो सपना टुनेर राखेका छौ ।
त्यो सपना पुरा गर्न कति संघर्ष गर्नु परेको छ ।
त्यो हामिलाई मात्र था छ चरी ।।
कहिले झरी बर्षाउन खोज्छन् त किहिले राप्ले पोल्न
बज्र मुक्का प्रहार गर्न कम्ति तम्सीएका छन् ?
त्यो पनि मलाई पो था छ त
तर तिम्रो शिर कहिल्यै झुकेको छैन ।
तिम्रा मधुर स्वरले लै बरी भाका गाउँन कहिल्यै छोडेन ।
तिम्रा मुटु छिया छिया पार्न सकि नसकि गर्दै छन् ।
अभद्र, असिस्त, अराजकताको तरवार बोकेर चौबाटो बसेका छन् ।
तर पनि सपनाको शिखर चुम्ने तिम्रा पाईला रोकिएको छैन ।
त्यो माथिको शिखर चुम्न संगै लाम लागौला
चरी निरास नहुनु सत्य सत्य नै हुन्छ ।
अमरजित पुनमगर
सुनछहरी ६ फगाम रोल्पा