विशेषज्ञहरू भन्छन् : काटेर राखेको फलफूल खानु हानिकारक

१ चैत, काठमाडौं । मानिसहरु फलफूल काटेर राख्ने र लामो समयपछि सोही फलफूल खाने गर्छन् । तर, स्वास्थ्य विशेषज्ञहरूले काटेर राखेको फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछन् । विशेषज्ञहरूका अनुसार फलफूल काटेर राख्दा त्यसमा सूर्यको प्रकाश सिधा पर्ने भएकाले पोषक तत्वमा कमी आउनुकासाथै काटेर राखिएको फलफूल छिट्टै सड्ने पनि गर्छ ।

 

काटेर राखको फलफूल प्रकाश र अक्सिजनको सीधा सम्पर्कमा आउँदा भिटामिन सी गायब हुन्छ । फलफूलकाटेर लामो समयसम्म राख्दा त्यसमा हुने भिटामिन सी, बिटा केरेटेनाइड्स, एन्टिअक्सिडेन्ट, मिनरल र अन्य पोषकतत्वहरुमा कमी आउँछ । फलफूलमा एन्टिअक्सिडेन्टबाट हुन्छ र काटेर खुला राख्दा अक्सिजनसँग प्रतिक्रिया जनाएर विशाक्त बन्न थाल्छ । त्यसैले काटिएको सट्टा ताजा फल खानुहोस् ।

फलफूल काटेको १० मिनेटभित्र खानु राम्रो हुन्छ । यदि स्टोर गर्नु नै छ भने पनि ग्लास वा स्टीलको एयरटाइड कन्टेनरमा रेफ्रिजरेट गरेर ३ देखि ४ घन्टासम्म राख्न सकिन्छ । यसो गर्नाले फलमा रहेको पोषक तत्व नष्ट हुनबाट जोगिन्छ ।