बिहान खाली खुट्टा घाँसमा हिँड्नुका फाइदा

बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्दा स्वास्थ्यलाई अद्भूत फाइदा मिल्छ । बिहान हरियो घाँसमा खाली खुट्टा हिँड्दा शारीरिक र मानसिक तनावबाट मुक्ति मिल्छ । साथै, हरियो घाँसमा खाली खुट्टा हिड्दा आँखाको ज्योति समेत बढ्छ । मधुमेहका बिरामीले बिहान हरियो घाँसमा खाली खुट्टा हिँड्नु फाइदाजनक हुन्छ ।
बिहान घाँसमा खाली खुट्टा हिँड्दाका फाइदा
१– आँखाको ज्योति बढ्छ ः आँखाको ज्योति तेजिलो बनाउन बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्नु निकै लाभदायक मानिन्छ । हरियो घाँसमा खाली खुट्टा हिँड्दा हाम्रो शरीरको सम्पूर्ण दबाब खुट्टाको औंलामा पर्छ र यी बिन्दुहरूको मद्दतले आँखाको ज्योति तेज हुन्छ ।
२– तनाव कम गर्छ ः तनाव कम गर्न बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्नु निकै फाइदा जनक मानिन्छ । किनकि हरियो घाँसमा खाली खुट्टा हिँड्दा दिमाग शान्त र तनावबाट टाढा रहन्छ । साथै मनलाई पनि निकै आराम महशुस हुन्छ । त्यसैले हरेक दिन बिहान हरियो घाँसमा खाली खुट्टा हिँड्नु पर्दछ ।
३– मधुमेह रोगीका लागि लाभदायक ः मधुमेह रोगीको लागि बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिँड्नु धेरै लाभदायक मानिन्छ । हरियो घाँसमा खाली खुट्टा हिड्दा मधुमेहले लाग्ने घाउ सजिलै निको हुन्छ र मधुमेह नियन्त्रणमा मद्दत गर्छ ।
४– सुन्निएको कम गर्छ ः सुन्निएको कम गर्न, बिहान सबेरै नरम हरियो घाँसमा खाली खुट्टा हिंड्नु धेरै नै लाभदायक मानिन्छ । हरियो घाँसमा खाली खुट्टा हिँड्दा पृथ्वीको इलेक्ट्रोनहरूलाई एन्टिअक्सिडेन्टको रूपमा काम गर्न र तपाईंको शरीर सुन्निन कम गर्न मद्दत गर्छ ।