कमलको गाईजात्रे प्रस्तुति ‘काण्डै काण्डको देश’

३ भाद्र दाङ । हास्यकलाकार कलाकार कमल गाउँलेले आफनो २३ औं गाईजात्रे प्रस्तुति ‘काण्ड,ै काण्डको देश’ बजारमा ल्याएकाछन् । आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका कमलले यो वर्ष ‘काण्डै काण्डको देश’ शीर्षकको प्यारोडी गाईजात्रे बजारमा ल्याएका हुन्। यसमा उनले मुलुकमा भएका सुनकाण्ड,नक्कली भुटानी शरणार्थी, वाइडवडी, पशुपति सुन लगायतका चर्चित काण्डहरुलाई आफ्नो गाईजात्रे प्रस्तुतिको विषय बनाएका छन् ।

उनले हरेक वर्षको प्यारोडीमा झैं यसमा पनि देशमा भएको राजनीतिक र सामाजिक विकृति विसंगति माथि चोटिलो व्यंग्य गरेका छन् । उनको गाईजात्रे प्रस्तुति भित्र ‘गाईजात्रा भो देशमा’ र ‘ठोक्ने हो लौरोले ठ्वागं ठ्वागं’ भन्ने प्यारोडी गीत समावेश गरेका छन् । गाउँलेले २३ वर्षदेखि निरन्तर गाईजात्रे प्रस्तुति निकाल्दै आएका छन्