देशको सिमा सुरक्षा रक्षाका लागि खटिने वीरयोद्धको कथामा आधारित चलचित्र ‘काँडेतार’ हलहरुमा लाग्ने तयारीमा छ । चलचित्रका निर्माता, निर्देशक एंव नायक नवल खड्काको अभिनय रहको ‘काँडेतार’ इतिहासको विरता,वर्तमानको समस्यासँगै समाधानका उपायहरुका बारेमा सन्देश दिएको नायक खड्का बताउँछन ।
गत शनिवार घोराहीको गणेश चित्रालयमा च्यारेटी शो देखाइएको ‘काँडेतार’ फागुन २७ गते देखि देशरभरका हलहरुमा लाग्ने बताइएको छ । गत शनिवार काँडेतारको च्यारेटी शो हेर्न हलमा दर्शकहरुको घुइँचो लागेको थियो ।
हालसम्म देशभरका ७० बढि ठाउँमा काँडेतारको विशेष च्यारेटी शो देखाइसकिएको उतm प्रर्शननीको आम्दानीबाट खुल्ला सीमाका कारण झडपमा परि मृत्यु भएका तथा घाइतेहरुको सहयोगार्थ खर्चिने जानकारी नायक एवं नबल खड्काले जानकारी दिए । देशको माटो र नेपाली मान्छे जोगाउनु पर्छ भन्ने भाव चलचित्रले बोकेको नायक खड्काले बताए ।
चलचित्रमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुलरीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतको कलाकारहरुको अभिनय रहेको छ ।