विमलकाे गाेलले विजयी बन्यो नेपाल

१५ माघ, काठमाडौं । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनमगरले गरेको गोलका कारण नेपाल विजय हासिल गरेको छ । शनिबार दशरथ रंगशालामा भएकाे खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टकाे पासमा गाेल गरे ।   विमलको पुनरागमन संगै पहिलो खेलमै गोल गरेका हुन् । विमल घर्ती मगरले गरेकाे एक मात्र गाेलमा नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा माेरिससलाई १-० ले पराजित गरेकाे छ ।

सन् २०१९ नाेभेम्बरमा म्यानमार विरुद्ध पछिल्लाे पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चाेटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्द‌ै पहिलाे राेजाइमा अवसर दिए । उनले पनि घरेलु दर्शकलाई निराश पारेनन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि पाए ।

शनिबारको खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढमगरले डेब्यू गरेका छन् ।

नेपालका लागि विमलकाे याे नवाैँ गाेल हाे । यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेश विरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लाे पटक गाेल गरेका थिए ।

यस्तै यसै खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा कमब्याक गरे । देवेन्द्रले पहिलाे राेजाईमा खेल्दा जगजित दाेस्राे हाफमा मैदान प्रवेश गरेका थिए ।