कान समातेर उठबस गर्नु’ स्कुले जीवनमा अधिकांशले शिक्षकबाट पाउने सजाय हो । तर तपाईलाई थाहा छ । यस्तो कार्यले तपाईलाई स्वस्थ बनाउन मद्यत
गरेको हुन्छ ।
कान समातेर उठबस गर्नुलाई योगको भाषामा ‘सुपरब्रेन योगा’ भनिन्छ । यो वास्तवमै एक प्रकारको योगासन हो । आजकाल अमेरिका,युरोपतिर कान समातेर उठबस गर्ने चलन व्यापक हुँदैछ । तर सजायका रुपमा होइन । योगका रुपमा ।
यो योगा गर्नाले मष्तिष्कको काम गर्ने क्षमतामा बृद्धि हुने जनाइएको छ । यसबाट डिस्लेक्सिया, एन्जाइटी, डिप्रेसन, डिमेन्सियाका
विरामीको अवस्था नाटकीय रुपमा सुधार हुने कुरा प्रमाणित भएको छ । यसले स्नायु प्रणाली र मष्तिष्कमा अक्सिजन प्रवाह गर्न मद्धत गर्छ र पढाईमा ध्यान केन्द्रीत गर्न सघाउ पु¥याउँछ ।
दाहिने हातले देब्रे कान समात्ने र देब्रे हातले दाहिने कान समात्ने अवधारणा आयुर्वेदिय पद्धतिबाट आएको मानिन्छ । यसरी समात्दा कानको लोती मार्फत उर्जा प्रवाह भई दुबै तर्फको मष्तिष्कको कार्य अझ बढी राम्रोसँग प्रेरित गर्छ । यो योगा गर्नेहरुले तत्काल सन्तुलित र शान्त महशुस गर्ने गरेको बताइन्छ