मस्तिष्कलाई क्षति पुरयाउने हाम्रा यी बानी

मस्तिष्क हाम्रो शरीरको निकै अहम् अंग हो । यसको उचित हेरचाह गर्न निकै जरुरी छ । तर हाम्रा यस्ता केही बानीहरू छन् जसले हाम्रो मस्तिष्कको स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको हुन सक्छ । मस्तिष्कको स्वास्थ्य हुनु सम्पूर्ण शरीरको लागि कत्तिको महत्वपूर्ण छ भन्ने त हामी सबैलाई थाहा छ । मस्तिष्क शरीर र दिमागको नियन्त्रण केन्द्र हो । यस्तो अवस्थामा यस बारे अलि बढी सचेत हुन जरुरी छ । तर,जानी जानी वा नजानेर हामी केही यस्ता काम वा गल्ती गछौं जसले हाम्रो मस्तिष्कलाई
हानि पु¥याइरहेको हुन्छ ।
निन्द्राको कमी ः
निन्द्राको कमी मस्तिष्कको लागि धेरै हानिकारक हुनसक्छ । हामी पर्याप्त मात्रा निदाएनौं भने मस्तिष्कले राम्ररी काम गर्दैन । एकाग्रता, स्मरण शक्ति र मानसिक क्षमतामा कमी ल्याउन सक्छ । लामो समयसम्म निन्द्राको कमीले डिप्रेसन,चिन्ता र अन्य मानसिक समस्या निम्त्याउन सक्छ ।
अस्वस्थ खानपान ः
खराब खानपान पनि मस्तिष्कका लागि हानिकारक हुन सक्छ । धेरै चिनी,जंक फूड र चिल्लोयुक्त खाने कुराको सेवन मस्तिष्कको लागि हानिकारक हुन सक्छ । यी खाने कुराले मस्तिष्कको कार्यलाई असर गर्न सक्छ र अल्जाइमर जस्ता
न्यूरोलोजिकल
रोगहरूको जोखिम बढाउन सक्छ।
तनाव लिने ः
धेरै तनाव पनि मस्तिष्कको लागि हानिकारक छ । हामी निरन्तर तनावमा रहन्छौँ भने हाम्रो मस्तिष्कले कोर्टिसोल जस्ता तनाव हार्माेन उत्पादन गर्छ । जसले मस्तिष्क कोशिकाहरूलाई क्षति पु¥याउँछ । स्मरण शक्तिमा कमी आउने, निर्णय गर्ने क्षमता कमजोर हुने र मानसिक स्वास्थ्य समस्या निम्तने हुन सक्छ।
शारीरिक गतिविधिमा कमी ः
शारीरिक क्रियाकलापको कमीले पनि दिमागमा असर गर्छ । नियमित व्यायाम गर्नाले मस्तिष्कमा रगतको प्रवाह बढ्छ, जसले मस्तिष्कको काममा सुधार गर्छ । हामी शारीरिक क्रियाकलापबाट टाढा रहँदा यसले मस्तिष्कको कार्यमा गिरावट आउँछ भने र मस्तिष्कसँग सम्बन्धित समस्याहरू निम्त्याउन सक्छ।
धेरै लामो समय स्क्रिन हेर्ने ः
लामो समयसम्म मोबाइल, कम्प्युटर वा टिभीक हेर्नु मस्तिष्कका लागि हानिकारक हुन सक्छ । यसले आँखाको समस्या त निम्त्याउँछ नै ध्यान केन्द्रित गर्ने क्षमतामा पनि कमी ल्याउन सक्छ । यस बाहेक,नीलो प्रकाशको अत्यधिक एक्सपोजरले पनि निन्द्राको गुणस्तरलाई असर गर्न सक्छ । मस्तिष्कलाई स्वास्थ्य राख्न यस्ता बानी त्याग्न जरुरी छ । सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित व्यायाम र तनाव नियन्त्रण गर्ने उपाय अपनाएर हामी आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न सक्छौँ ।