भिमबहादुर वली
सर्वहारा वर्गको र जनताको मातहतमा राज्य चलाउदै गर्दा समाजवाद हुँदै साम्यवादमा पुगिन्छ भन्ने कुरा मालेमावादको आधारभुत कुरा हो तर आज आधारभुतरूपमै त्यो बर्ग पनि बदलिसकेको छ। राज्यसंचालकहरूलाई यी दुबै बर्गले विश्वास गर्दैनन्, किनकी सबै सम्पत्ति राज्यलाई बुझाए पनि सबै चिजको ग्यारेन्टी गर्ने हैसियतमा राज्य नै छैन । दोश्रो कुरा अनियमितता र भ्रष्टाचारले बदनाम छ। राज्य भन्दा आज एक मजदुर संसारभर घुमेर मजदुर गर्छ र ऋण तिरेर बचत गर्दैछ, आत्मनिर्भर बन्दै छ भने राज्यले बर्षेनी लिएको ऋण तिर्ने अबस्थामा छैन दिनानुदिन बढदै छ ।
आजको फरक यही हो राज्य गरिव हुदै जाने तर मजदुर आत्मनिर्भर भइरहेको परिवेशको समाजमा आत्मनिर्भर र समृद्धि समाजवादको कार्यदिशा आज मालेमावाद, कम्युनिष्ट र राज्यले पहलकदमी बढाउन नसकि गैरजिम्मेवार छ । आज मालेमावाद नै थाहा नपाउने मजदुरहरूले कडा परिश्रम गर्छन, अमेरिका, क्यानडा, कोरिया अष्ट्रेलिया, जापान लगायत सयौं देशमा काम गरेर श्रम, समय पनि होईन घण्टा गर्छन र रेमिट्यान्स बढाउछन तर मालेमावादीका हिमायती ठान्नेहरूले पार्टी, राज्य, नेता, सरकार र अरूलाई धिक्कारेर बसिरहेका छन् । यसैलाई भनिन्छ होला संक्रिण चिन्तन र अल्छी भएको कम्युनिष्ट भन्दा उद्धार र खुल्ला पुॅजीवादी सोच महान ब्यवहारले नै प्रमाणित गरिरहेको छ।
मजदुर गरेर खानेले आज धेरै संम्पत्ति पनि जोडिसक्यो तर राज्यले गुमाएको छ । कम्युनिष्टहरू नेता भएर धेरै गुमाइसके तर मजदुरले पार्टी र नेता भन्दा कैयौं गुणा आत्मनिर्भरको कार्यदिशा पक्डिएको छ। अब पिछडिएको कार्यदिशा अप्नाउने पार्टी, नेता र विचारलाई मजदुरले विश्वास गर्ने के आधार छ त। आदर्शका कुरा, विपरित विचारको विरोध, आफू भन्दा अरूले केही नजानेको तरिका अप्नाउदै लेवीका भरमा बॉच्ने उत्पादन केही नगर्नेहरूबाट कति आसा गर्छन त आजको मजदुरले । यही त विचार र व्यवहार फरक आयो २१ औं शताब्दीमा । यो अन्तरविरोधको विकास भइसकेको समयमा मालेमाहरू जिउँदै भएको भए आज अर्को समयानुकुल कार्यदिशा बनाउथे तर हाम्रो संसारमा त्यो बेला उनले जे भने त्यही सत्य भन्दै सानो एक टुक्रे पार्टी बनायर महान मालेमावादी भएको बखान गर्छौ।
सारमा उत्पादन मुखी अर्थतन्त्रको जग बसाउने किसान र मजदुरहरूको उत्पादित बस्तुको समयमा सुरक्षित बजारीकरण, उद्योगहरु स्थापना, किसान र मजदुरलाई उत्पादनका लागी सहुलियत ऋण, स्वदेशमा रोजगार दिने नसके वैदेशिक रोजगार गर्न जानेलाई सहुलियत ऋण उपलब्ध गराउने,राज्यबाट हुने अनियमितता रोक्ने, पर्यटन, वन र पानीलाई सही सदुपयोग गर्ने यति काम राज्यले सक्दैन भने यो राज्यमा पार्टीहरू किन जाने ? जाने भनेकै कमाउन हो भने उनीहरूलाई उत्पादन गरेर कमाउन र श्रम गरेर आत्मनिर्भरताको कार्यदिशा दिन सकेका हामी मजदुरहरू न जाने हो नि ! राज्य संचालन त तव ल्याउन सकिन्छ आत्मनिर्भर र समृद्धि सहितको समाजवाद त्यो पनि हामी जस्ता मजदुरहरूबाटै अन्य कुरा सबै भ्रम हो । भ्रमको खेती मजदुर किसानहरूका लागि सह्रय पनि छैन आज सम्मको राज्यको ब्यवहारले विश्वास पनि छैन । यही अन्तरविरोध आजको विकसित अन्तरविरोध हो र यो अन्तरविरोध अनुकुल कार्यदिशा पनि यो भन्दा अर्को छैन । यो चेतनाको जागरण पैदा गर्नु आजका मजदुर किसानहरूको दायित्व हो।।