हिजोको जनयुद्ध र आजको माओवादी

अजयदीप शर्मा

हिजोको जनयुद्ध भन्दा आजको समय धेरै वर आइसकेको छ तर जनयुद्धको गाथा पुरानो भएको छैन । राजनीतिक रुपले हेर्दा पनि जनयुद्धकै
परिणाम आजको गणतन्त्रमा हामी छौं । संघीयता,धर्मनिरपेक्षता,समानुपातिक र समावेशिता सबै एजेण्डा जनयुद्धबाट जन्मिएका हुन । जनयुद्धको औचित्य वा फागुन १ लाई जसले जुनसुकै रुपमा बुझे पनि इतिहास पल्टाउँदा जो सुकैले जनयुद्धको एउटा अध्याय नपढी सुखै हुदैन ।

तमाम त्याग,समर्पण र वलिदानको संकलित अभिव्यक्ति थियो जनयुद्ध।भुँइमान्छे जागेको एक चेतनाको उदय थियो जनयुद्ध । त्यो समयको जर्जर असमानता र थिचोमिचोको क्रुर,पाशविक कालभित्र
मान्छे सचेत र ज्युदो भएर जागेको प्रमाण थियो जनयुद्ध । महान उदेश्यका सपना बोकी सहिद हुने लिष्टमा नाम लेखाउन प्रतिष्पर्धा गर्ने ती वीर गाथाको शिखर अभिव्यतिm हो जनयुद्ध ।जो, त्यो गौरवपूर्ण क्रान्तिमा सहभागि भए उनीहरु जीवनमा गर्नुपर्ने सर्वउत्कृष्ट काम गरे ।

जो सहिद भए उनीहरु नयाँ युग जन्माउने जननी भए । जो घाइते,अपाङ्ग भए उनीहरु परिवर्तनका लागि पूर्ण सर्मपित मानव भए । जो वेपत्ता बनाइए उनीहरु जनयुद्ध विशाल बनाउने चालक शतिm भए । रगतको क्रान्तिबाट उठेको जनताको उभार जनयुद्ध, जसको गर्भबाट जन्मिएको आजको गणतन्त्रमा हामी अघि बढिरहेका छौं ।
तर आजको समयमा उभिएर जनयुद्धलाई हेर्दा यसको गौरवगाथा धुमिल भइरहेको अनुभूत हुने गर्छ । जनयुद्धबाट सिर्जित संस्कार, आर्दश, मूल्य मान्यता अनि समपर्ण भाव त्यसका अनुयायीहरुमा मदैं गइरहेको देखिन्छ । जनयुद्ध देखि धेरै आरोहअवरोह पार गरेर आएको माओवादी आन्दोलन क्षीण बन्दै जानु दुखान्त पक्ष भइरहेको छ ।

माओवादीमा खराबीहरु जरा गाढेर मौलाएकाछन । माओवादी आन्दोलन भित्र सिकाइयो एउटा आर्दश,अपनाइयो अर्को जीवन पद्धति । माओवादी भिन्न हो त भनियो तर व्यवहार परम्परागत भन्दा फरक बन्न सकेन । क्रान्तिबाट माथि उठेको पार्टीमा विकृत फोहरको थुप्रो लाग्यो । माओवादलाई खाओवाद,जनयुद्ध युद्धलाई धनयुद्ध भाष्य बनाउँदै जनयुद्धको विरासतलाई गिराउने प्रवृत्तिमा मलजल हाल्ने काम भित्रबाट सिर्जित कु–संस्कारबाट भइरहेको छ ।

प्रमुख नायकबाट भएका प्रयत्न र प्रयासहरुले मात्र पुग्दैन । भूँइदेखि टुप्पासम्म एकाकार माहुरीको गोला जस्तै हुन सक्नु पर्दछ ।
यहाँ त भाषणमा प्रचण्डको गुणगान गाउँने र कार्यकर्तामा आफना स्वार्थका ऐजेरु फैलाउने रोगले जनयुद्धको पार्टी ग्रस्त छ । संसार जित्ने,गरिव जनतालाई सुख,अमनचयन दिलाउन भनेर सहिद बनाउन उत्प्रेरित गर्ने नेताहरु नै फुटेर चिराचिरा भई प्राप्त उलब्धी नै गुमाउने माखापित्त चेत माओवादी नेताहरुमा हुनुले पनि कार्यकर्ता र निम्नस्तरका जनताले दुःख पाइराखेका छन ।

जनयुद्धको मूल्य, मान्यता र आर्दशलाई गहिराईबाट पक्डेर आधार क्षेत्रबाट उठेका नेताहरुमा नै विचलनता आउनु माओवादी मनोवैज्ञानिक रुपले धेरै कमजोर हुनु हो । माओवादीको नेतृत्व तहका मान्छेहरु आर्थिक रुपले आफूलाई सेभमा राख्न खोज्दा सबै सुविधा,अवसर र अर्थस्रोत अपारदर्शी ढंगले अवचलन हुने गरेको छ । माथि चाकडी तल नोकरशाही यस्तो कार्यशैलीमा बढोउत्तरी
भइरहेको देखिन्छ ।

हिजो व्यतिmत्व विकासका सबै बाटाहरुलाई पन्छाएर युद्धको भुँमरीमा बगाउदै,पार्टी आन्दोलनलाई उठाएर आजसम्म पनि निरन्तर निष्ठा र इमान्दारीपूर्वक लाग्ने कार्यकर्ताहरुलाई नेताहरुले संरक्षण गर्ने,नेतृत्व विकासमा उत्प्रेरणाको भूमिका खेल्ने भन्दा हत्तोसाहित पार्ने,निर्वाह गरेको भूमिका र कामको अवमूल्यन गरी अन्यायपूर्ण व्यवहार देखापदै गइरहेका छन । संस्थागत परिपार्टी कमजोर छ तर व्यतिmगत गुणगान,अघिपछि गर्ने र आन्दोलनमा निकै कम भूमिका निर्वाह गरेका मान्छेहरु अवसरै, अवसरले सिंगारिने गरेकाछन ।
के हिजो सहिद हुन उत्साहित भएर अग्रमोर्चा खोज्ने मान्छेहरु आफैभित्र टाँसिएका फोहरहरु मिल्काउन आफैभित्र अर्को जनयुद्ध शुरुवाद शुरुवाद भएके उद्घोषण गर्न सक्लान ? प्रश्न गम्भिर छ । र रुपान्तरणको हतियारले आफैभित्र अर्को जनयुद्ध नछेडने हो भने माओवादी आन्दोलन जीवित रहन असम्भव छ,अगाडिको गन्तव्य त झन मरुभूमिमा पानी खोजे जस्तै हुनेछ ।