पार्टीमा विधि निर्माण र पालना गर्ने गरौं

चुनावमा एउटासँग गठबन्धन,सरकार निर्माणमा नयाँ समीकरण,पुनः अर्को समीकरण, पटक(पटकको सत्ता समीकरणको फेरबदलले माओवादी पार्टी र यसको नेतृत्वले आफ्नो स्वतन्त्र अस्तित्व नै गुमाउँछ कि भन्ने चिन्ता र चासो सबैमा थियो । एकथरीले माओवादीको औचित्य नै सकिएको हल्ला पनि पिटाए । २०६४ सालमा कांग्रेस र एमाले जोड्दा नभेट्टाउने संख्या पुर्‍याएर सरकार चलाएको र पटक(पटक सरकारको नेतृत्व र साझेदारी भएर गरेका कामहरूले मूल्यांकन गर्दा यो पटकको सानो संख्याले सरकारको नेतृत्व गर्दैगर्दा धेरैलाई पद मोहको निरन्तरता नै हो भन्ने लागेको थियो ।
टिप्पणी गर्न सकिने यी र यस्ता थेरै ठाउँहरू हुँदाहुँदै पनि पछिल्लो १८ महिने प्रचण्ड सरकारको काम सराहनीय नै रह्यो । सानो पार्टी, अंकगणितीय दृष्टि सधैं सशंकित हुने अवस्था हुँदाहुँदै पनि विगत दुई कार्यकाललाई उछिनेर सुशासन र सामाजिक सुरक्षाको क्षेत्रमा प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले नयाँपन ल्याउन सफल भयो ।
विगतमा कृषि र ऊर्जाबाट भएका केही कामहरू बाहेक सरकारबाट बिक्री हुने स्तरका कामहरू केही हुनसकेका थिएनन् । सुशासनको क्षेत्रमा कानुनभन्दा माथि कोही हुँदैन भन्ने मान्यता स्थापित गर्न सक्नु नै सरकारको महत्वपूर्ण उपलब्धि हो ।
प्रचण्ड नेतृत्वको सरकारले सुशासन स्थापित गर्न लिएको पहलकदमीले २०६५ पछि खस्किएको माओवादीको ग्राफलाई माथि उठाएको छ । जुनसुकै अनियमितता र भ्रष्टाचारको अनुसन्धान गर्दै जाँदा अन्ततः दुई ठूला पार्टीका नेतृत्वतिरै सोझिने अवस्था आएपछि प्रचण्ड सरकार ढाल्नैपर्ने बाध्यतामा एमाले र कांग्रेसका केही नेता पुगे ।

राजनैतिक स्थायित्वको आवरणमा संविधान संशोधन र सबै अपराध लुकाउने गरी कानुन निर्माण गर्ने उद्देश्यले नयाँ सरकार बन्यो र योजना अनुरूप भ्रष्टाचार सम्बन्धी कानुन लगायत विषयमा आफू अनुकूल हुने गरी कानुन बनाउन खोजेको आरोप उनीहरूले खेपेका छन् । अंकगणित पुर्‍याए सरकार बन्ने सामान्य प्रक्रिया हो । तर केन्द्र र प्रदेश सरकारमा गठबन्धनका दलले निकै विवादित पृष्ठभूमिकालाई मन्त्री बनाए, ती विरुद्ध सडक आन्दोलन जारी छ ।

सरकारमा सहभागी भएदेखि आजसम्मका गतिविधिले सरकारमा संलग्न दलका नेता, कार्यकर्ताहरू नै असन्तुष्ट देखिन्छन् । प्रधानमन्त्री भावुक हुँदै ‘मैले किन भ्रष्टाचार गरुँ, गर्दिनँ १ पत्ताइदिनु न प्लिज’ भन्दै सार्वजनिक भाषण गर्छन् । भरे भ्रष्टाचारको मुद्दा पाँच वर्षपछि चल्न नपाउने कानुन प्रस्ताव गर्छन् । जबकि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गर्ने भ्रष्टाचार सम्बन्धी सूचकांकमा नेपालको स्थिति चिन्ताजनक छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हजारौंको संख्यामा अनियमितता र भ्रष्टाचार विरुद्ध उजुरी पर्छ भने सयौंको संख्यामा अदालतमा मुद्दा पुग्छ । भ्रष्टाचारविरुद्ध लड्न अझै शक्तिशाली निकायको आवश्यकतामा बहस भइरहेका बेला भ्रष्टाचार सम्बन्धी मुद्दा पाँच वर्षपछि नचल्ने व्यवस्था प्रस्ताव गर्नु लज्जास्पद छ । यसबाट के स्पष्ट हुन्छ भने जनतालाई झुक्याएर राजनीति गरेकाहरू र अनेक काण्डमा फसेकाहरूलाई प्रचण्ड नेतृत्वको सरकारको सुशासनको अभियानले आतंकित नै पारेको थियो र अझै पनि आतंकित नै छन् । त्यसरी हेर्दा अहिले सरकारबाट बाहिरिएकाहरू मिसन पूरा गरेर निस्किएका विजयी जस्ता र सरकारमा जानेहरू निरीह जस्ता देखिन्छन् ।
जनता माओवादीसँग चिढिएको नामले होइनस नेताको व्यवहार, कार्यशैली र जीवनशैलीले हो । उनीहरूको ठाँटबाँट राजसी शैलीको छ अनि कसरी रुचाउँछन् रु
जनयुद्ध पछाडि निरन्तर सरकारमा रहेकाले सरकार बाहिर बसेर गर्ने राजनीति बारे माओवादी आलोकाँचो नै छ । हिजोको सरकार कस्तो रहेछ, केकेसम्म गर्दा रहेछन् भन्ने कुरा जनतालाई प्रष्ट पार्न माओवादी सफल भएको छ । तर नराम्रो देखाइदिनु मात्र सफलता होइन । त्यसको समाधान प्रधान कुरा हो ।

पार्टीभित्रका नकारात्मक विषयलाई हजारौं बुँदामा संश्लेषण गर्न सकिन्छ । आजको बहस हिजो के गल्ती भए भन्ने पनि होला तर त्योभन्दा महत्वपूर्ण बहस अब के गर्ने रु भन्ने नै हो ।
हो,माओवादी बिग्रिएको छ तर निराश हुनुपर्ने छैन । किनकि २०६४ सालपछि पुनः एकपटक सुशासन, सामाजिक न्याय र समृद्धिको नाराले सारा नेपालीलाई माओवादी झण्डामुनि गोलबन्द गर्ने वस्तुगत आधार तयार भएको छ । विचारको विकास, सांगठनिक संरचना र पद्धतिको विकास, वर्ग विश्लेषण र वर्ग संघर्षमा बहस आजको आवश्यकता हो ।
अहिले बिचौलिया, दलाल र भ्रष्टहरूले उच्चारण गर्नै नसक्ने, गर्नै नचाहने नाम बनेको छ माओवादी केन्द्र । तर तिनीहरू नै नेताको संगतमा गए, हेलमेल गरे, उपहार दिए, फकाए, काम लिए, पैसा कुम्ल्याए,भागबन्डामा अवसर पाए, प्रभावशाली नेताका शाखासन्तानलाई रिझाए, तर माओवादी पार्टीलाई मन पराएनन् । यसो हुँदा इमानदार, चाकडी नगर्ने अन्य खाँटी माओवादी नेता(कार्यकर्ताहरू पछि परे । जो पछि परे÷पारिए उनीहरू केही निराश बने ।
यी सबै अवस्थाका बावजुद तथ्य के छ भने अझै पनि माओवादी नाम उच्चारण हुँदा भित्रैबाट मुस्कुराउने धेरै अनुहार छन् । माओवादी नाम सुन्दा शहीद छोरा–छोरी सम्झेर आँसु चुहाउने आमाबुवा हुनुहुन्छ। त्यसैले नयाँ पुस्तालाई ‘माओवादी हाइहाइ’ भन्ने गराउनरबुझाउन सकिन्छ,हामी सक्छौं । त्यसका लागि पहिला माओवादीहरू वास्तवमै माओवादी बनौं । त्यसपछि माओवादीलाई जस्तो भन्यो त्यस्तै र जे भन्यो त्यही बनाउन सकिन्छ । माओवाद शब्द राजनीतिको बाधक हुन सक्दैन ।
जनता माओवादीसँग चिढिएको नामले होइनस नेताको व्यवहार, कार्यशैली र जीवनशैलीले हो । उनीहरूको ठाँटबाँट राजसी शैलीको छ अनि कसरी रुचाउँछन् रु हामीले जनस्तरबाट सोच्न सुरु ग¥यौं भने सबैले म माओवादी हुँ भन्नमा गर्व गर्नेछन् । नेतृत्वको जन्म र विकास मूलतः आन्दोलनबाट हुने गर्दछ । माओवादी पार्टी नै आन्दोलनबाट आएकाले सिङ्गो पार्टी नै नेतृत्व हो, हरेक कार्यकर्ता नेतृत्व हो । माओवादी पार्टीमा नेताको समस्या हैन । अवसर पाए अहिलेका सबै पदाधिकारी भन्दा जिल्लाको नेतृत्व तहका नेताहरूले राम्रोसँग पार्टीलाई चलाउन सक्ने ल्याकत राख्छन् । नेतृत्व आफूलाई लागेर हुने र पाइने विषय हैन । न त अहिले भएका नेतृत्वले कसैलाई दिएर हुने विषय हो । यसको विधि के हो त्यता छलफल गरौं । तैंले ३५ वर्ष चलाइस् अब अरूको पालो भनेर हलुङ्गो बन्न’ बनाउन पाइँदैन । तर नेतृत्व छनोटको विधि बारे बहस आवश्यक छ ।

माओवादी पार्टी जनयुद्धले जन्माएको हो, वर्गसंघर्षले जन्माएको हो । यो नेपालको एउटा वर्गको प्रतिनिधि पार्टी हो। नेतृत्वहरूको काठमाडौं बसाइँ सरेपछि यो पार्टी विस्तारै काठमाडौं सर्‍यो। आजसम्म आइपुग्दा माओवादी पार्टी निश्चित स्वार्थ समूहको अपहरणमै परेको छ । कहाँ–कहाँ कसरी अपहरणमा परेको छ त्यसबारे अलग्गै चर्चा गर्न सकिन्छ ।
तर अहिले पार्टीका विषयहरूलाई तल्लो तहका कमिटीमा लैजाने र तल्ला कमिटीका सुझाव अनुसार योजना निर्माण र कार्यान्वयन गर्ने मानसिकतामा कोही नेता देखिंदैनन् । बरु नेतृत्वबाटै माओवादी वर्ग, विचार,एजेण्डा, सिद्धान्तलाई अपहरण गरी फिरौती माग्दै जीउ पाल्ने मानसिकताबाट ग्रसित छौं हामी । त्यसैले अब प्रत्येक माओवादी नेता(कार्यकर्ताले सच्चिने कि सिद्धिने भनेर सोच्नुपर्ने अवस्था आएको छ ।
माओवादी पार्टीलाई हिजो पनि जनताले बचाएका हुन् । भौतिक रक्षा गर्न सक्ने जनताले हाम्रा कमी(कमजोरीलाई माफ गर्दै सिद्धान्तको रक्षा गर्न पनि जनताले साथ दिनेछन् । वर्ग संघर्ष, राजनैतिक दृष्टिकोण,सांगठनिक पद्धतिबारे जनस्तरबाटै सुझाव संकलन गरी विशेष महाधिवेशन मार्फत संश्लेषण गरौं ।
देशमा सुशासन कायम गर्ने पार्टीमा विधि निर्माण र पालना गर्ने गरौं । देशभरका सबै माओवादीहरू पार्टीलाई यो जञ्जालबाट निकालेर आफ्नै वर्गमा फर्काउन कम्मर कसेर लागौं ।