पुरुषभन्दा फरक महिलाका १० क्षमता

महिला र पुरुषको शरीर बाह्य रुपमा जसरी भिन्न हुन्छ त्यसरी नै आन्तरिक अंगको बनावट र क्रियाशैलीमा पनि अन्तर हुन्छ । यद्यपी,अधिकांश पुरुषलाई महिलाको
शरीर बारे धेरै जानकारी हुँदैन।महिलाको शरीरको संरचना, प्रजनन अंग र महत्वपूर्ण अंगको बनावट र कार्यशैली पुरुष भन्दा धेरैनै भिन्न हुन्छ ।
१. महिलाको शरीरमा पुरुष भन्दा धेरै बोसो हुन्छ । यो स्तन, नितम्व, तिघ्रा र पेटमा जम्मा हुने गर्छ ।
२. महिलाकोस्तनको आकार दुबै समान हुदैँनन् । यो अर्को भन्दा अलि ठूलो वा सानो हुन्छ ।
३. महिलाको शरीरमा भएको हर्मोन कार्डियो प्रोटेक्टिभ हुन्छ जसले पुरुषको तुलनामा हृदयघातको समस्याबाट बचाउँछ ।
४. महिलाको कलेजो, पेट, थाइराइड ग्रन्थी र मृगौलाको आकार पुरुषभन्दा ठूलो हुन्छन् । मुटु र फोक्सो भने सानो हुन्छ ।
५. महिलाको प्रजनन क्षमता पुरुषको भन्दा कम हुन्छ । उनीहरु ४५–५० वर्षसम्म मात्रै आमा बन्न सक्छन् ।
६. महिलाको हड्डी पुरुषको तुलनामा हल्का हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रुपमा सानो हुन्छ ।
७. महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्न सक्छ ।
८. महिलामा धेरै पेन रिसेप्टर्स (पीडा सहने क्षमता) हुन्छ।
९. महिलाको दिमागमा स्पिचका दुई सेन्टर्स हुन्छन् । त्यो पुरुषको तुलनामा धेरै आवाज निकाल्न सक्छ ।
१०. महिलाको आँखाको ज्योती पुरुषको तुलनामा धेरै
राम्रो हुन्छ । महिलाहरु राती पुरुषको तुलनामा स्पष्ट देख्न सक्छन् ।