जहाँ महिलाले साउनमा लुगा लगाउँदैनन्

भारतको एउटा यस्तो गाउँको कथा सुनाउँछौँ, जहाँ साउन महिनामा महिलाले ५ दिनसम्म लुगा लगाउँदैनन् । यो गाउँका महिलाले किन साउनमा पाँच दिनसम्म लुगा लगाउँदैनन्, कारण थाहा पाउँदा छक्क पर्नु हुनेछ।
यो गाउँ हिमाचल प्रदेशको मणिकरण उपत्यकामा अवस्थित छ । यस गाउँको नाम पिनी गाउँ हो । पाँच दिन लुगा नलगाउने परम्परा यहाँ शताब्दीयौं देखि चलिआएको छ । यहाँका महिलाले साउन महिनामा विशेष पाँच दिन लुगा नलगाउने भएकाले गाउँमा बाहिरी व्यक्तिलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइन्छ ।
गाउँलेहरूका अनुसार शताब्दीयौं अघि उनीहरूको गाउँ दानवले ओगटेको थियो । दानवहरूले गाउँका विवाहित महिलाहरूलाई सुन्दर लुगा लगाएर लैजान्थे । गाउँलेहरूलाई दानवहरूबाट बचाउन ‘लहुआ घोण्ड’ नामक देवता प्रकट भए । देवताले राक्षसहरूलाई
परास्त गरे । महिलाले राम्रा लुगा लगाएको खण्डमा आजका दिनमा पनि भूतले उठाएर लैजान्छ । त्यसैले महिलाहरू साउन महिनाका पाँच दिन लुगा बिना बस्ने गर्छन् । त्यो समयमा यदि कुनै महिलाले आफ्नो शरीर ढाक्न चाहन्छन भने ऊनले बनेको कपडा प्रयोग गर्न सक्छिन । यो नियम पुरुषका लागि भने लागु हुँदैन ।