तेकवान्दो छनौट प्रतियोगिता सम्पन्न

रोल्पाको माडी गाउँपालिकामा तेक्वान्दो छनौट प्रतियोता सम्पन्न भएको छ । माडि गाउँपालिका भित्र रहेका तेकवान्दो खेलाडीहरुको सहभागितामा छनौट प्रतियोगिता गरिएको हो ।

गाउँपालिकाको केन्द्र घर्तीगाउँमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिको विभिन्न वडामा रहेका तेकवान्दो खेलाडीहरुको सहभागितामा छनौट प्रतियोगिता गरिएका तेकवान्दो संघ अध्यक्ष मधुसुधन बुढामगरले बताउनु भयो । कार्यक्रमबाट छनौट भएका खेलाडीहरु जिल्ला स्तरिय खेलमा सहभागि हुने अध्यक्ष बुढाले जानकारी गराउनु भयो ।

खेल प्रति चासो राख्ने र खेल मार्फत देशका लागि योगदान गर्ने  प्रतिभालाई स्थान दिन र उनिहरुलाई थप हौसला प्रदान गर्नका लागि बेला बखतमा विभिन्न प्रतियोगिताको आयोजना गर्दै आइरहेको आयोजकले बताएको छ । माडी गाउँपालिका भित्र रहेका विभिन्न वडाबाट महिला पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।

माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमगरको प्रमुख आतिथ्यतामा समपन्न कार्यक्रममा विभन्न राजनैतिक दल,  जनप्रतिधि लगाएतको सहभागिता रहेको थियो ।

टेकवान्दो संघ माडी गाउँपालिका अध्यक्ष मधुसुधन बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दिनेश बुढाले गर्नु भएको थियो । प्रतियोगितामा करिब ८० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।