स्थानिय तहको चुनावी हल्ला संगै नेप्से परिसुचक १०५ अंकले बढ्यो

सधै जसो ओरालो लागेको सेयर बजार आज भने केहि सुधार देखिएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक १०५ अंकले बढेको छ । यो साताको पहिलो कारोबार दिनमा नै १०० अंकभन्दा बढिले उकालो लागेको छ ।

यस क्रममा आज ६ अर्ब ३२ करोड रुपैया बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । गठबन्धन सरकार तोकिएको समयमै स्थानीय तहको चुनाब गर्न तयार बनेपछि लगानीकर्तामा उत्साह आएर बजार १०० भन्दा बढीले बढेको हो ।

गतसाता स्थानीय तहको चुनाव अन्योल बन्दा करिब डेढ सय भन्दा बढी अंकले बजार घटेको थियो । गतसाता लगातार ४ दिनमा करिब १५० अंकले घटेर बिहिबार समान्य सुधार आएको थियो ।  आज मात्र १०० अंक भन्दा धेरेले उकालो लागेको देखिन्छ । यो संगै लगानी कर्ताहरुमा केहि उत्साह पैदा भएको  छ ।