गढवा गाउँपालिकाद्धारा बजार अनुगमन

असोज २३ गढवा, गढवा गाउँपालिकाले चाडपर्व नजिकदै गर्दा बजारमा हुन सक्ने कालो बजारी रोक्न गढवामा बजार अनुगमन गरेको छ । चार्डपर्वको समयामा कालो बजारी नियन्त्रण गर्न अनुगमन अभियान नै चलाएको छ।
सोमबार उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको नेतृत्वमा गढवा बजारको अनुगमन गरिएको हो।
गढवा गाउँपालिका वडा नम्बर – ६ को मुख्य बजारको रुपमा रहेको गढवा बजारमा रहेका किराना पसल, होटल, फलफुल पसल र एग्रोभेट सेन्टरमा छड्के अनुगमन गरिएको उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो।
अनुगमनको क्रममा म्याद सकिएका खाद्य सामाग्री, विषादीजन्य सामानहरू जनप्रतिनिधि,सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधि,प्रहरी र पत्रकारहरुको बिशेष उपस्थितीमा नष्ट गरिएको छ।