बृह्त समाजको भूगोल भित्र अहिले हामी संन्चार चेतनाको माथिल्लो तहमा छौं । संन्चारको विकासले गर्दा हाम्रा कुनै कुरा छिप्न सक्दैनन । आज सामाजीक संन्जालयुतm प्रविधिले गर्दा एक ठाउँको सकारात्मक वा नकारात्मक पक्षको प्रभाव अर्को ठाउँ वा भूगोलमा तुरुन्तै पर्ने गर्छ । अहिले हामी आफूले गर्ने हरेक कुरा हामी सामाजीक संन्जालबाट सार्वजनिक गरिरहेका हुन्छौं । कतैं कुनै वर्ग, जाती वा समुदायको भावनालाई असर पार्ने कुरा भए,नभएको कुरा तर्फ ख्याल नगरी सामाजीक संन्जालमा पोखिदा,त्यसबाट उत्पन्न घटनाले कहिलेकाँही भयकर रुप लिने गर्छ र समाजको एकथरी अतिवादी प्रवृतिले त्यस्ता ईसुलाई गलत दिशा तर्फ मोड्ने प्रयास गरिरहेका हुन्छन ।
कुरा केही अघिको हो ।धरानमा सामाजिक सद्भाव विपरीतका केही सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि एकाएक स्थिति असहज भएको थियो । सम्भावित तनावलाई नियन्त्रण गर्न सरकारले निषेधाज्ञा घोषणा गर्नुपर्ने स्थिति आयो । सामाजिक सद्भाव विपरीत हिंसा भड्काउने प्रयास र योजनाबद्ध घटना घटाएर समाजलाई त्रसित र आफनो काबुमा राख्ने दुरासयपूर्ण कामहरु भइरहेका हुन्छन । तर हामी नेपाली पुस्तौं देखि एक अर्काको सम्मान गदैं मिलेर बस्दै आएका छौं । गरिबी, बेरोजगारी र भष्ट्राचार हाम्रा प्रमुख शत्रु हुन । यसका विरुद्ध हामी सबै नेपाली मिलेर नलड्ने हो भने हाम्रो अवस्था झन पछि झन बिग्रदै जाने निश्चित छ । हामी मिलेर लड्नुपर्ने साझा शत्रुसँग नलडी कुनै जाती, धर्म र वर्गको नाममा आपसी वैमष्यता कायम राखी लड्न थाल्यौ भने त अनन्त द्धन्द्धको अवस्थामा हामी फस्छौ र देशको समेत अस्तित्व नरहने गरी हामी डुब्छौं । प्रेम र सद्भाव नेपाली समाजका एकताका सूत्र हुन् ।सामाजिक सद्भाव नेपालको पहिचान हो । नेपाल एक सांस्कृतिक विविधतामा अग्रणी देश भएकाले यहाँ विभिन्न जाति, धर्म, भाषाको समन्वय गरेर विविधता भित्र एकताको जगेर्ना गरिरहेकोछ । विविधखाले आस्था र विश्वासको सम्मान गर्दै राष्ट्रिय एकता कायम गर्दै आएको हाम्रो मुल विशेषतालाई जोगाउँदै हाम्रा सांस्कृतिक विविधतामा अडेको सामाजिक सद्भावलाई भोलिका युगसम्म जोगाईराख्नु हामी आजका पुस्ताको दायित्व हो ।
हामी नयाँ युग र सभ्यतामा प्रवेश गरेका मान्छे त हौ भन्छौं तर हामी परम्परागत विचारलाई बोकेर हिडिरहेका छौं । अझै पनि हाम्रो समाज बोक्सी प्रथाको आरोपबाट माथि उठ्न सकेकोछैन । कानुनका बलिया नियमहरु बनिसक्दा पनि अझ हामी बोक्सीको आरोप लगाएर मान्छेलाई सार्वजनिक रुपमा कुटपिटगरी,मलमुत्र खुवाउने गाउँ निकाला गर्ने अमानवीयताको निकृष्ट सभ्यतामा टेकी आफूलाई आधुनिक मानवले परिभाषित गरिरहेका छौं । कुनै व्यतिm, समुदाय प्रति चोट पुग्ने सामग्री प्रकाशन प्रसारण गर्ने र त्यसको प्रतिशोधमा सम्बन्धित पक्ष वा समुदायले पनि उग्रता प्रस्तुत गर्ने प्रवृति बढ्दै गइरहेको छ । यसका लागि सबैको चेतना संमयता, ज्ञान, विवेकले भरिनु पर्दछ । जागरण र सचेतनाका पाठहरु सिक्ने र सिकाउने काम गरिराख्नु पर्दछ । संविधानमा निर्धारित सबैलाई समान अधिकार र संरक्षण प्रदान गर्ने कानूनहरूको प्रसार गर्दा सामाजिक सद्भाव प्रवद्र्धन गर्न सकिने छ । विभिन्न समुदायका सांस्कृतिक परम्पराहरूलाई समृद्ध बनाउँदै एकले अर्काको संस्कृतिको सम्मान गर्ने परिपाटीको विकास गर्नु पनि उत्तिकै आवश्यक छ । सामाजिक सद्भावलाई प्रवद्र्धन गर्न सामुदायिक सञ्जालहरूको अधिकतम उपयोग गर्ने नीति लिनु आवश्यक छ ।