सम्पादकीय,
पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी अनुसन्धानका लागि प्रहरीले पक्रेर पोखरा अदालतको अनुमतिले ६ दिन हिरासतमा राखेर प्रक्रिया अघि बढाएको छ । रवि पक्राउको घटनाले दसैं पछिको राजनीति तातिएको छ । एकातिर आफनो सभापति पक्राउको विरोधमा रास्वपा सडकमा उत्रिएको छ भने अर्कोतिर फेरि सहकारी बेथितिको मुद्धाले प्राथमिकता पाएको छ । रवि राजनीति व्यतिm भएकाले पनि उनको पक्राउलाई ‘प्रतिशोध’ हो भन्ने सवाल उठेको छ । रवि पक्राउ पर्दा आरोप लागेका सतmा पक्ष नेता धनराज गुरुङ र ऋषिकेश पोखरेल माथि पनि अनुसन्धान थालिनुपर्ने माग बढेको छ ।यो कुरामा प्रधानमन्त्री चुके भने उनले गलत मनसायलाई विपक्षीलाई मात्र केन्द्र बनाई दबाउन खोजिएको प्रष्ट हुन जान्छ ।
रविले रकम आफ्नो संस्थामा प्रयोग मात्रै गरेकाले सहकारी कानुन उनी प्रति आकर्षित नहुने एकथरिको दाबी छ । सहकारीबाट आएको रकम दुरुपयोग भएकाले सहकारी सदस्य नभए पनि ठगी र संगठित अपराधमा रवि संलग्न भएको सरकारको जिकिर छ । जेहोस अब यो मुद्दा अदालतमा पुगेकाले रविलाई प्रतिशोध साँध्न पक्राउ गरिएको हो वा सहकारी ठगी गरेकै हुन् भन्ने विवाद न्यायालयबाट निरुपण हुने नै छ । साथ,साथै यो र यस्तै प्रकरणमा मुछिएका कसैले पनि उन्मुक्ति नपाऊन् र आगामी दिनमा सहकारी क्षेत्रमा बेथिति कम हुँदै जाऊन् भन्ने नै आम नागरिकको चासो हो । सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले एक महिनाअघि नै ४० सहकारीमा ८७ अर्ब ८९ करोड अपचलन भएको आंैल्याएको थियो । समितिले समस्याग्रस्त घोषणा भएका २२ र अन्य १८ वटा सहकारीको विस्तृत छानबिन गरी ३१ भदौमा प्रतिवेदन पेश गरेको थियो ।समितिले औंल्याएका कतिपय सहकारीका सञ्चालक माथि छानबिन नै हुन सकेको छैन । यसले रवि प्रतिको सरकारी पूर्वाग्रहको गन्ध त दिन्छ नै तर अब कानुनी शासन भएको मुलुकमा जोसुकै व्यक्तिमाथि पनि प्रश्न उठेपछि न्यायिक निरुपणका लागि तयार हुनुपर्छ । आरोप लागेपछि दलले सडक आन्दोलन चर्काउने कुरा त्यति जायज र शोभनीय हुदैन कि ?
जे होस सहकारी ठगी गरेकाहरु सबलाईै कानुनी दायरा भित्र ल्याइनु पर्छ ।त्यति मात्र होइन जसले सहकारीमा रकम जम्मा गरेका हुन उनको रकम व्याज सहित फिर्ता हुनुपर्छ । अझ त्यति मात्र होइन सहकारीमा जनताले राख्न १,२ लाख बाहेक १० करोड २० करोड जम्मा गर्नेहरुको रकम कहाँबाट आएको हो,बैंक जम्मा नगरी सहकरीमा किन जम्मा गरेको हो भन्ने विषयमा पनि सम्बन्धित व्यतिmहरुलाई पनि छानबिन गरी अबैध रकम रहेछ भने त्यहाँ पनि कार्वाही गरिनुपर्छ । अहिले देखिएका सबै समस्या सहकारी क्षेत्रमा देखिएको बेथितिकै कारणले हो ।यस्तो किन भयो भने अन्य क्षेत्रका ठगहरु सहकारीमा प्रवेश गरे र सहकारीलाई सहकारीको मूल्य मान्यता विपरीत सञ्चालन गरे ।उनीहरु न्यून आर्थिक हैसियत भएका मानिसहरुले दुःखजिलो गरी जम्मा गरेको ठूलो परिमाणको रकम अपचलन गरेर भागे । उनीहरूले संस्थाको दर्ता, अनुमति, खारेजी र विघटनसम्मको अधिकार पाएका छन् । सहकारी नियमन र नियन्त्रण गर्ने उपल्लो निकाय सहकारी विभाग छ । तर सहकारीहरूले उद्देश्य र नीति अनुसार काम गरेका छन् या छैनन् भनेर अनुगमन र नियमन भइरहेको छैन ।अब यस्ता समस्या आउन नदिन सहकारी क्षेत्रमा ब्यापक सुधार गर्नुपर्छ । यस्ता घटनाबाट पाठ सिकेर सहकारी क्षेत्र सुधारका वृहत कार्यक्रम अघि सार्नुपर्छ । साँच्चिकै सहकारी ठगीमा संलग्न पाइए कसैलाई पनि छाड्नुहुँदैन ।सहकारी ठगीमा रविभन्दा ठूला दोषी अरु छन् ।त्यसैले अहिले देखिएका सहकारी ठगीमा संलग्न सबैमाथि बिना भेदभाव तत्काल कारवाही प्रक्रिया अगाडि बढाउनुपर्छ ।