शिक्षक महासंघको ध्यानआकर्षण पत्र, यस प्रति गम्भिर छ : गाउँपालिका

माघ १० रोल्पा  नेपाल शिक्षक महासंघ सुनछहरी गाउँपालिका रोल्पाले एक बिज्ञेप्ति जारी गर्दै स्वास्थ्य सुरक्षाको लागि ग‌ंभिर हुन गाउँपालिकालाई आग्रह गरेको छ । शिक्षक महासंघ सुनछहरी गाउँपालिकाले आज एक बिज्ञेप्ती जारी गर्दै कोरोना भाइरसको तेस्रो लहर आक्रमक भएर आएकोले शिक्षक बिद्यार्थीको स्वास्थ्यको पनि ख्याल गर्न ध्यान आकर्षण गराएको हो ।

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ सम्म बिद्यालय बन्द गर्न निर्देशन दिए पनि स्थानीय तहले कार्यन्वयन नगरेकाे भन्दै आपत्ति जनाएको छ । सोमबार महासंघले एक ध्यानाकर्षण पत्र मार्फत काेभिड १९ काे राेकथामकाे लागि बिषेश पहल गर्न आग्रह समेत गरेको छ । महामारीको बेला बिद्यालय संचालन गर्दा थप महामारी फैलिन सक्ने भन्दै बैकल्पक माध्यम अपनाउन ध्यानकर्षण गराएको छ । सुनछहरी गाउँपालिका अन्तर्गतको एक विद्यालयमा कार्यरत शिकक्षलाई कोरोना पोजेटिभ देखिए पछि अन्य शिक्षक बिद्यार्थीहरुमा संक्रमण हुन सक्ने भन्दै तत्काल सावधानी अपनाउनु पर्ने बताएको छ ।

महासंघ सुनछहरी गाउँपालिका अध्यक्ष रेग बहादुर पुन र सचिव लिल बहादुर घर्तिमगर द्धारा हस्ताक्षरित बिज्ञेप्ति मार्फत गाउँपालिकाको ध्यानकर्षण गराएको हो ।  बिज्ञेप्ती मार्फत तत्काल विकल्प खोज्न र स्वास्थ्य मापदण्ड अपनाउन भन्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

यता गाउँपालिकाले पनि आज आकस्मिक बैठक बसि सुनछहरी गाउँपालिका वडा नं ६ का सबै बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । वडा नं. ६ फगाममा एक जना शिक्षकमा पोजेटिभ देखिए पछि तत्काल बन्द गर्ने निर्णय गरिएको गाउँपालिक अध्यक्ष आश बहादुर पुनले बताउनु भयो । सुरक्षाका मापदन्ड अपनाउन र थप महामारी फैलिन नदिका लागि यहि माघ १४ गते सम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनु भयो । बिद्यालय बन्द भएपनि खोप लगाउन बाकि रहेका बिद्यार्थीहरुलाई अनिबार्य खोप लगाइने जानकारी दिनु भयो । अहिले वडा नं. ६ फगामका बिद्यालहरुमात्र बन्द गरिएक छ ।