सपना सम्बन्धी आश्चर्यजनक  तथ्य

भाद्र २५,  हामी सपना किन देख्छौं र सपनाको के अर्थ लाग्छ भन्ने बारेमा हामी जिज्ञासु रहन्छौं । हाम्रो दिमाग सुतेपछि कसरी प्रोजेक्टर बन्न पुग्छ अनि आँखा कसरी स्क्रिन बन्न पुग्छ जसमा छविहरू नाच्छन भन्ने कुरा
रमाइलो छ । आउनुस, जानौं सपना सम्बन्धी केही तथ्य ः
१– बच्चाहरू तीन—चार वर्षको नहुँदासम्म आफ्नो
बारेमा सपना देख्दैनन ।
२– निन्द्रामा घुर्ने मान्छेले घुरेका बेलामा सपना देख्दैनन् ।
३– एक औसत व्यक्तिले जिन्दगीको ६ वर्ष सपना देखेर बिताउँछ ।
४– पर्सनालिटी डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त व्यक्तिले सपना देख्दैनन ।
५– हामी उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना
हराइसकेका हुन्छन ।
६– हामी सपनामा आफूले पहिल्यंै भेटिसकेका मान्छेलाई मात्र देख्छौं ।
७– केही दुर्लभ केसमा मान्छेले पछि हुने कुरा सपनामा देख्छन ।
८– तपाईं सपनामा किताब पढ्न र समय बताउन सक्नु हुन्न ।
९– हामी एक रातमा सात वटासम्म सपना देख्न सक्छौं ।
१०– मान्छेको दिमाग जागृत अवस्थामा भन्दा स्वप्न अवस्थामा बढी सक्रिय हुन्छ ।
११– जनावर पनि सपना देख्छन ।
१२– दृष्टिविहीन पनि सपना देख्छन ।
१३– ईशापूर्व ४००० मा इजिप्सियनहरूले स्वप्न शब्दकोश तयार पारेका थिए ।
१४– सपना देख्दा तपाईंको शरीर पक्षघातको अवस्थामा हुन्छ ।