बंगलाचुली लेकमा भैलो कला,संस्कृति महोत्सव सम्पन्न

८ मंसिर बंगालचुली, स्थानीय विविध कला,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बंगलाचुली गाउँपालिकाले गत हप्ता भैलो महोत्सव सम्पन्न ग¥यो । तिहार सम्पन्न भएसँगै स्थानीय लोक पहिरनका भैलोहरु बंगलाचुली लेकमा जम्मा भए । दिनभर आ–आफना शैली र कला प्रर्दशन गरेर प्रतिष्प्रर्धामा सहभागी भए ।
बंगलाचुलीको मनोरम प्राकृतिक उचाईमा १६ वटा भैलोेले विविध प्रस्तुती गर्दा वातावरण अझ रोचक, मनोरन्जनपूर्ण र सुन्दर बनेको थियो । १६ वटा भैलोको प्रतिष्प्रर्धी नाचबाट बीच प्रतिष्प्रर्धा वडा नं.५ को साकिने भैलो समूह उत्कृष्ट भएको थियो । कार्यक्रममा उपस्थिति प्रत्येक भैलोलाई पालिका र अतिथिहरुबाट गरी १६ हजार रुपैयाँ प्रदान गरिएको थियो । संन्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भैलो प्रतियोगिताको अध्यक्ष पालिकाका अध्यक्ष तुल्सीराम पुनले गर्नु भएको थियो ।
हास्य कलाकार कमल गाउँलेको संचालन रहेको भैलो महोत्सवमा बोल्ने वक्ताहरुले दाङको एक मात्र पहाडी क्षेत्रमापर्ने बंगलाचुली गाउँपालिका प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको र प्रर्यटनका दृष्टिले धेरै सम्भावना बोकेको पालिका रहेकाले स्थानीय पहिचानका कला, संकृतिको संरक्षण र पर्यटकिय स्थलहरुको व्यवस्थापनमा जोड दिनुपर्ने बताएका थिए । बंगलाचुली गाउँपालिकामा बंगलाचुली लेक, धिमधिमे लेक, गढी लेक, उझा देवि भगवती मन्दिर, रानी थुम्की लगायत धेरै पर्यटकियस्थल तथा धार्मिक स्थलहरु रहेको र ती स्थलहरुमा गुरुयोजना बनाई भौतिक संरचना निर्माण,उचित व्यवस्थापन र पालैपालो सबै स्थानहरुमा यस्तै मेला महोत्सव मार्फत स्थानीय कला,संस्कृतिको संरक्षण तथा प्रचार,प्रसार गरी पर्यटन प्रर्वद्धनमा विशेष ध्यान दिने पालिका अध्यक्ष तुलसीराम पुन मगरले बताए ।